श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई (तस्बिरहरू) « Khabarhub

श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई (तस्बिरहरू)



काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धूमधामका साथ मनाइँदै छ । हरेक वर्ष मे १ का दिन विभिन्न राजनीतिक दल आबद्ध मजदुर सङ्गठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्दछन् ।

हरेक वर्ष धूमधामका साथ मजदुर दिवस मनाउने गरिए पनि उनीहरूको दैनिकी र अवस्थामा खासै सुधार आउन सकेको छैन ।

राज्यले दिवस मनाउन देशभर सार्वजनिक बिदा दिए पनि दैनिक गुजाराका लागि मजदुरहरू भने काममै व्यस्त देखिन्छन् ।भक्तपुरको इँटाभट्टाका किसानहरू बिहानदेखि नै आफ्नो काममा व्यस्त छन् । देख्दा पनि यस्तो लाग्छ उनीहरूलाई आज के दिवस भनेर पनि थाहा छैन होला ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् ।

प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।

तस्बिरहरू :

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ४ : १९ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा