श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई (तस्बिरहरू) « Khabarhub

श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई (तस्बिरहरू)



काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धूमधामका साथ मनाइँदै छ । हरेक वर्ष मे १ का दिन विभिन्न राजनीतिक दल आबद्ध मजदुर सङ्गठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्दछन् ।

हरेक वर्ष धूमधामका साथ मजदुर दिवस मनाउने गरिए पनि उनीहरूको दैनिकी र अवस्थामा खासै सुधार आउन सकेको छैन ।

राज्यले दिवस मनाउन देशभर सार्वजनिक बिदा दिए पनि दैनिक गुजाराका लागि मजदुरहरू भने काममै व्यस्त देखिन्छन् ।भक्तपुरको इँटाभट्टाका किसानहरू बिहानदेखि नै आफ्नो काममा व्यस्त छन् । देख्दा पनि यस्तो लाग्छ उनीहरूलाई आज के दिवस भनेर पनि थाहा छैन होला ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् ।

प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।

तस्बिरहरू :

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ४ : १९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली