‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र « Khabarhub

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ ।

पोस्टरको फिल्मका शीर्ष कलाकार र बाख्रोलाई विशेष स्थान दिइएको छ । मध्य भागमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मालाई राखिएको छ । पोस्टरको तल्लो भागमा नोटिस हुने गरी चस्मा लगाइदिएर बाख्रोको तस्बिर राखिएको छ ।

पोस्टरमा शीर्ष कलाकार सौगात, गरिमासहित आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायतका ११ कलाकार फिचर्ड छन् ।

यस पोस्टरले फिल्ममा कलाकारहरुले निर्वाह गरेको चरित्र खुलाएको बताएको छ । फिल्मको कथा नेपाली समाजमा बेहुली भित्र्याउँदा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ प्रचलनमा आधारित रहेको बताइएको छ ।

फिल्ममा कथाले रहस्यात्मक र हाँस्यपूर्ण मोड लिने भएकाले बाख्रोलाई पोस्टरको केन्द्रीय बनाइएको निर्माण पक्षले जनाएको छ । सिमोश सुनुवारको निर्देशन रहेको यस फिल्मको कथा प्रदीप भारद्धवाजले लेखेका हुन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको यस फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १८ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’