‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र | Khabarhub Khabarhub

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ ।

पोस्टरको फिल्मका शीर्ष कलाकार र बाख्रोलाई विशेष स्थान दिइएको छ । मध्य भागमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मालाई राखिएको छ । पोस्टरको तल्लो भागमा नोटिस हुने गरी चस्मा लगाइदिएर बाख्रोको तस्बिर राखिएको छ ।

पोस्टरमा शीर्ष कलाकार सौगात, गरिमासहित आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायतका ११ कलाकार फिचर्ड छन् ।

यस पोस्टरले फिल्ममा कलाकारहरुले निर्वाह गरेको चरित्र खुलाएको बताएको छ । फिल्मको कथा नेपाली समाजमा बेहुली भित्र्याउँदा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ प्रचलनमा आधारित रहेको बताइएको छ ।

फिल्ममा कथाले रहस्यात्मक र हाँस्यपूर्ण मोड लिने भएकाले बाख्रोलाई पोस्टरको केन्द्रीय बनाइएको निर्माण पक्षले जनाएको छ । सिमोश सुनुवारको निर्देशन रहेको यस फिल्मको कथा प्रदीप भारद्धवाजले लेखेका हुन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको यस फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १८ बजे

दुर्गा प्रसाईंको दाबी : जेन‍-जी आन्दोलनमा विदेशीको स्वार्थ जोडिँदा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जलाइयो

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

साँखु प्रभाग जलाएर प्रहरीमाथि कुटपिट गर्ने दुईजना समातिए

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि

पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

सोलुखुम्बु– ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन,

सम्पादकहरूमाझ दुर्गा प्रसाईंका आठ पोज (तस्बिरहरू)

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य