धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई हाल काठमाडौंको डल्लु बस्ने  ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । 

गत मंगलबार काठमाडौंस्थित परोपकार पुलमुनी धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१० स्थायी घर भएका ४३ को माइला भन्ने विक्रम तामाङलाई तत्काल उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएको थियो । 

सोही दिन उनको मृत्यु भएपश्चात् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले अनुसन्धान गर्ने क्रममा आशिषले घटना घटाएको खुल्न आएकोले उनलाई बुधबार डल्लुबाट पक्राउ गरेको  प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । 

जिसीका अनुसार श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु,  सामसुङको मोबाइल थान-१ र घटना हुँदा प्रयोग भएको झोला,सर्ट,पाइन्ट,जुत्ता, कपडाको मास्क थानसमेत पक्राउ गरिएको छ । 

श्रेष्ठलाई ज्यान सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको जिसीको भनाइ छ । 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ३३ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार