संसद्को चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गरिने « Khabarhub

संसद्को चालु अधिवेशनबाटै शिक्षा विधेयक पारित गरिने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै परित गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट शिक्षा ऐन पारित गर्ने जानकारी दिएका हुन् ।

सरकारले नीति तथा कार्यक्रममा शिक्षा सुधारको कानुनी र नीतिगत व्यवस्था गर्नेसमेत नीति ल्याएको छ ।

सरकारले नेपाल शिक्षक महासंघसँग शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने सहमतिसमेत गरिसकेको छ ।

शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंमा आन्दोलित थिए । उनीहरूसँग आन्दोलनको २९ औँ दिनमा सरकारले सहमति गरिसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : १८ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको