ऊर्जामन्त्री खड्कालाई प्रश्न- लोडसेडिङको तालिका कहिलेदेखि सार्वजनिक गर्नु हुन्छ ? | Khabarhub Khabarhub

ऊर्जामन्त्री खड्कालाई प्रश्न- लोडसेडिङको तालिका कहिलेदेखि सार्वजनिक गर्नु हुन्छ ?


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो केही समययता देशभर बिनाजानकारी बिजुली जाने क्रम बढेको छ।

संघीय राजधानी काठमाडौंदेखि देशका अन्य भागमा पनि बिजुल आउने-जाने क्रम बढेको गुनासो आइरहेको छ ।

बिजुली जुनसुकै बेला जाने क्रममा देशमा प्रमुख राजमार्थमा सञ्चालमा रहेका विद्युतीय गाडीलाई पनि असर गरिरहेको छ ।

बिजुली गइरहने समस्याले चार्जिङ स्टेशनमा गाडीको लामो लाइन देखिन थालेको छ । पृथ्वी राजमार्ग र पूर्व-पश्चिम राजमार्गमा गुड्ने विद्युतीय गाडी मारमा पर्न थालेका छन् ।

निजी विद्युतीय सवारीका सञ्चालकलाई पनि लामो यात्रामा निस्किँदा तनाव झेल्नु परेको छ । अहिले देशका उद्योगहरूमा लोडसेडिङ भइरहेको छ ।

यही सन्दर्भमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा ऊर्जामन्त्री दीपक खड्का पनि संसद् भवन परिसरमा देखिए ।

उनलाई देख्नेबित्तिकै सञ्चारकर्मीले घेर्न पुगे । संसद् बैठकबाट निस्किरहेका ऊर्जामन्त्री खड्कालाई एकजना सञ्चारकर्मी किशोर श्रेष्ठले बत्ती गइरहने समस्या दर्शाउँदै लोडसेडिङ तालिकाबारे प्रश्न गरे ।

यस्तो थियो सवाल-जवाफ

पत्रकार- मन्त्रीज्यू लोडसेडिङको तालिका सरकारले कहिले सार्वजनिक गर्दैछ ?

ऊर्जामन्त्री- कस्तो लोडसेडिङको तालिका ?

पत्रकार- बत्ती गएको गयै गर्छ, लोडसेडिङको तालिका कहिले सार्वजनिक गर्ने?

ऊर्जामन्त्री- त्यो तपाईंहरूलाई लागेको होला, त्यस्तो छैन, बत्ती गएको छैन, अँ नियमित छ ।

पत्रकार- नाफामा रहेको प्राधिकरण अहिले घाटामा गयो भनेर तपाईंहरूले देखाउनु भएको छ नि ?

ऊर्जामन्त्री- तपाईं अडिटर होर तपाईं अडिटर होइन होला नि, अडिटरले निकाल्ने विषय होला नि ?

पत्रकार- तपाईंको निर्देशकले ५ अर्ब घाटामा गएको हिसाब निकाल्नु भएको छ त ।

ऊर्जामन्त्री- कसरी भयो त, त्यहाँ गएर हेर्नुस् न तपाईंहरूले…

पत्रकार- कुलमान घिसिङ हुँदा नाफामा रहेको विद्युत् प्राधिकरण तपाईंले ल्याएको निर्देशकले…

ऊर्जामन्त्री-भयो भयो जाऊँ….. (त्यसपछि कारमा चढेका मन्त्री ढोका लगाएर बाटो लाग्छन्)

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ५७ बजे

‘प्रधानसेनापति ट्रफी २०८२’ आजदेखि सुरु

काठमाडौं– सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधानसेनापति

प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

चितवन– पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका

बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठूलो

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु

तेल अभिभ- गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति अपार्टमेन्ट र