कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू « Khabarhub

कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयू भएको छ।

शुक्रबार कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताबीच सम्झौता भएको छ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि का आठ परियोजनामा ३ अर्ब, ऊर्जामा तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना एमओयु सम्पन्न भएको छ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयु भएका हुन् ।

प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो। सोकेसिङ परियोजनाको अनुमानित लागत एक खरब ७३ अर्ब ४९ करोडको थियो।

आजको कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताए ।

कार्यक्रममा आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारी ले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत कुराका बारेमा प्रकाश पारेका थिए ।

उनले प्रदेशमा लगानी मैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले लगानी मैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताउँदै सरकार र मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने बताए । यसले लगानीको वातावरण तयार हुने कार्कीले बताए।

कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्टले सम्मेलन सफल भएको बताए । कार्यक्रममा चिनियाँ लगानीकर्ता लियाङ झुङ,‌ गैरआवसीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुंगाना लगायतले कोशी प्रदेशमा लगानीको सम्भावना राम्रो रहेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १४ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ