‘के घर के डेराः घर नं २’ को ट्रेलर- घरधनी र डेरावालको कथा « Khabarhub

‘के घर के डेराः घर नं २’ को ट्रेलर- घरधनी र डेरावालको कथा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द के खनाल निर्देशित मल्टिस्टार फिल्म ‘के घर के डेरा: घर नम्बर २’को ट्रेलर सार्वजनिक भएको हो । निर्माण पक्षले शुक्रबार ललितपुरको एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, नायिकाहरु केकी अधिकारी, उपासनासिंह ठकुरी, सिर्जना नापितलाई र कलाकार प्रकाश घिमिरेलाई मुख्य स्थान दिइएको छ ।

ट्रेलरले आर्यन काठमाडौं घर भएको व्यक्तिको भूमिका निर्वाह गरेको खुलाएको छ । उनी ऋणमा परेर घर लिलामीको समस्या खेपिरहेको ट्रेलरमा देख्न सकिन्छ । आर्यन र केकी विवाहित जोडीको भूमिकामा छन् ।

खगेन्द्र र निश्चल पनि आर्थिक समस्यासँगै जुधिरहेको देख्न सकिन्छ । ट्रेलरले घर भएका र डेरा बस्ने दुवै वर्ग आफ्नै समस्यासँग जुधिरहेको हुन्छन् भन्ने देखाएको छ ।

यो फिल्म जेठ २ बाट प्रदर्शनमा आउँदैछ । यस निर्देशक खनालले यसअघि ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल फिल्म निर्देशन गरेका थिए ।

‘के घर के डेरा स् घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो डेब्यू फिल्म हो । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

यसका निर्माताहरु नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ०० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान