काठमाडौं – आज २०८२ साल वैशाख २० गते शनिबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मे ३ तारिख। राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। राज्यका अंगबाट सहयोग प्राप्त हुनेछ। तपाईंको सञ्चित धन खर्च गराउने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। विपक्षीसँगको वार्तामा तपाईंको जित हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
वृष : बोलीका कारण राम्रो काम बन्नेछ। कुरा लुकाएर नराख्नु फाइदा हुनेछ। साथीभाइको साथ मिलेको मौकामा आफ्नो काम गर्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।
मिथुन : सञ्चित धन खर्च हुने दिन छ। आफन्तले राम्रो साथ दिनेछन्। तपाईंले सुझावलाई सहजै ग्रहण गर्नुपर्नेछ। सन्तानबाट सुखको अनुभूति हुनेछ। भाग्यको स्थानमा शुभग्रह बसेकाले परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।
कर्कट : आफ्नै बोलीका कारण तपाईं फस्ने जोखिम छ। बोल्दा सोचेर बोल्नुपर्ने दिन छ। सम्पत्ति र सन्ततिले साथ दिनेछन्। समाजमा तपाईंको मान र प्रतिष्ठा बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
सिंह : दिन राम्रो छ। राम्रो कामको सुरुवात गर्न हिम्मत गर्नुपर्नेछ। मनको कुरा सार्वजनिक गर्नु भन्दा अगाडि काम सक्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँग रमाइलो यात्रा तय हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले प्रवेश नगर्नु राम्रो हुनेछ।
तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन आएको छ। मनमा उत्साह थपिनेछ। स्वास्थ्यले साथ दिनेछ। गुरुसँग झुकेर कुरा गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
विश्चिक : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। विपक्षी साथीसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
धनु : परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
मकर : दिन सामान्य छ। विपक्षी साथीसँग तर्क गर्दा ख्याल गर्नुपर्नेछ। अरुले गरेका गल्तीको दोष तपाईंमाथि लाग्ने जोखिम छ। परिवारलाई समय दिन नसक्दा मन अशान्त बन्नेछ।
कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। मिहिनेत गर्नुपर्नेछ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। बन्धुले असहयोग गर्नेछन्। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।
मीन : मनमा चञ्चलता बढ्नेछ। आजको भन्दा भोलिको कुरालाई मध्यनजर गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।
प्रतिक्रिया