हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो आईपीएल शीर्ष स्थानको भिडन्त « Khabarhub

हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो आईपीएल शीर्ष स्थानको भिडन्त


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको हो।

यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ। शुक्रबार भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले हराएको हो। २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन। नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो। गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। उनी प्लेयर अफ द म्याच भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २२४ रन जोडेको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ७६ रनको सानदार अर्धशतकीय पारी खेले। साथै जोस बटलरले ३७ बला ६४ रन जोडे। साई सुदर्शनले २३ बलमा ४८ रनको योगदान दिएका थिए।

हैदरावादका जयदेव उन्नकादले ४ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए। गुजरातको १० खेलमा १४ अङ्क तथा हैदरावादको १० खेलमा ६ अङ्क छ।

शीर्ष स्थानको होडमा रहेका मुम्बई इन्डियन्स, गुजरात र आरसिबीले समान १४–१४ अंक बनाएका छन्। रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ भने गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमाछन्।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ५० बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र