हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो आईपीएल शीर्ष स्थानको भिडन्त « Khabarhub

हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो आईपीएल शीर्ष स्थानको भिडन्त


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको हो।

यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ। शुक्रबार भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले हराएको हो। २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो।

हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन। नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो। गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। उनी प्लेयर अफ द म्याच भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २२४ रन जोडेको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ७६ रनको सानदार अर्धशतकीय पारी खेले। साथै जोस बटलरले ३७ बला ६४ रन जोडे। साई सुदर्शनले २३ बलमा ४८ रनको योगदान दिएका थिए।

हैदरावादका जयदेव उन्नकादले ४ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए। गुजरातको १० खेलमा १४ अङ्क तथा हैदरावादको १० खेलमा ६ अङ्क छ।

शीर्ष स्थानको होडमा रहेका मुम्बई इन्डियन्स, गुजरात र आरसिबीले समान १४–१४ अंक बनाएका छन्। रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ भने गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमाछन्।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ५० बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ