स्वतन्त्र प्रेसबाट मात्रै सत्य, जवाफदेहिता र सुशासन स्थापित हुन सक्छ : सभामुख घिमिरे  | Khabarhub Khabarhub

स्वतन्त्र प्रेसबाट मात्रै सत्य, जवाफदेहिता र सुशासन स्थापित हुन सक्छ : सभामुख घिमिरे 


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले यसको रक्षा गर्नु संसदको पनि प्रमुख दायित्व भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिवसका अवसरमा सभामुख घिमिरेले सञ्चारकर्मी, सञ्चार माध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता केवल पत्रकारको हक मात्र नभइ सुसूचित हुन पाउने जनताको हक पनि भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुनसक्ने उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले सत्यको अन्वेषणमा जीवन गुमाएका र जोखिम मोलेका सञ्चारकर्मीहरूलाई श्रद्धापूर्वक सम्झन चाहेको सन्देशमा जनाएका छन् ।

युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ०७ बजे

नेपालको कृषि क्षेत्रमा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाडौं– कुमारी बैंक लिमिटेडले कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको

गृहमन्त्री लेखक भन्छन्‌ : यही सरकारलाई निरन्तरता दिनु उचित

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले) सँगको साझेदारीको वर्तमfन

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि

विश्वप्रकाशको ‘ऐना’ को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि