'जन्ते बाख्रो' खुवाउने परम्परामा बन्यो चलचित्र | Khabarhub Khabarhub

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्ये चलचित्र एक हो । यसले समाज र जीवनशैलीसँगै संस्कृतिलाई सङ्ग्रहित गरिरहेको हुन्छ । त्यसकारण पनि चलचित्रमा देखाइने विषयले सही सूचना दिनुपर्ने धारणा चलचित्रकर्मीहरूको छ ।

अहिले विवाहमा खुवाइने भोजको शैली परिवर्तन भइसकेको छ । पार्टी प्यालेस केन्द्रित हुने गरेको भोजको वर्तमान समयमा नेपाली ग्रामीण समुदायमा प्रचलित जन्ते बाख्रो खुवाउने परम्परामा आधारित रहेर निर्देशक सिमोश सुनुवारले चलचित्र ‘जन्ते बाख्रो’ निर्माण गरेका छन् ।

चलचित्रमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज र चलनलाई प्रस्तुत गरिएको निर्देशक सुनुवारले जानकारी दिए ।

उनले भने, “भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । यो प्रचलनसँग जोडिएर चलचित्रको विषयवस्तु अगाडि बढेको छ ।”

उनले चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गर्नाका साथै यसलाई नयाँ पुस्ताका लागि जानकारी हुने बताए । चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन् ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ०६ बजे

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,