चीनले पठाएको मिसाइलका कारण इरानको बन्दरगाहमा विस्फोट « Khabarhub

चीनले पठाएको मिसाइलका कारण इरानको बन्दरगाहमा विस्फोट


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानको सबैभन्दा ठूलो बन्दरगाहमा भएको विस्फोटका पछाडि चीनले पठाएको ठोस मिसाइल इन्धन भएको दाबी गरिएको छ ।

गत शनिबार इरानको सबैभन्दा ठूलो बन्दरगाह सहिद राजाइ बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

इरानको राज्य–सञ्चालित इस्लामिक रिपब्लिक न्युज एजेन्सीले यो विस्फोट रासायनिक पदार्थ भएका कन्टेनरहरूका कारण भएको हुनसक्ने द टेलिग्राफले बताएको छ ।

एजेन्सीले कुन रासायनिक पदार्थ हो भन्ने उल्लेख गरेको छैन । तर गत जनवरीमा चीनले सोडियम परक्लोरेट ९एक प्रकारको मिसाइल इन्धनको प्रकार० इरान पठाउने भन्ने खबर आएको थियो । इरानले इजरायलमा आक्रमण गरेपछि इरानमा यसकोे आपूर्ति कम भएको थियो ।

समाचारका अनुसार गत फेब्रुअरीमा गोलबन नामको एक जहाज चीनबाट एक हजार टन अमोनियम परक्लोरेट सोलिड रकेट इन्धन बनाउन प्रयोग हुने अर्को पदार्थ लिएर इरान पुगेको भन्ने समाचारमा आएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ११ : २१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह