‘तोडौँ मौनता, अन्त्य गरौं दण्डहीनता’ « Khabarhub

‘तोडौँ मौनता, अन्त्य गरौं दण्डहीनता’


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपेन्देही- प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुलुकमा परिवर्तनका लागि द्वन्द्व प्रभावितले ठूलो त्याग गरेको बताएका छन् ।

द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले बुटवलमा गरेको ‘तोडौं मौनता, अन्त्य गरौँ दण्डहीनता’ विषयक कार्यक्रममा मन्त्री केसीले द्वन्द्व प्रभावितको त्याग र समपर्णलाई सरकारले कहिल्यै नभुल्ने बताए । ‘द्वन्द्व प्रभावितहरुको त्यागकै कारण मुलुकमा गणतन्त्र आएको हो, सरकारले यसको कदर गर्छ’, उनले भने ।

उनले सशस्त्र द्वन्द्वका समयमा घाइते र अपाङ्गता भएका व्यक्तिको प्रदेश सरकारले निःशुल्क औषधोउपचार गरिरहेको बताए । ‘गत वर्ष ६० जना गोली र छर्रा बोकेर हिँडेका व्यक्तिहरुको उपचार गर्‍यौँ, यो वर्ष पनि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको व्यवस्था मिलाएका छौं’, उनले भने, ‘द्वन्द्व प्रभावितलाई महत्व दिँदै ‘प्याकेज’ बनाएर काम अगाडि बढाएका छौँ ।’

मन्त्री केसीले सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाको छानविनका लागि गठन भएको आयोगको काम निष्प्रभावी देखिएकाले अब बन्ने आयोगको काम चुस्तदुरुस्त हुने बताए । प्रदेशसभा सदस्य कमला विश्वकर्मा, दीपा विक र रीना नेपालले प्रदेश सरकारले द्वन्द्व प्रभावितका समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रतिनिधि सीता थापा, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ प्रमुख सम्झना शर्मा, युएन वुमनका समा श्रेष्ठ, सञ्जालका अध्यक्ष चन्द्रकला उप्रेती, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, अधिकारकर्मी ज्ञानु पौडेल, द किचन स्टोरीका अध्यक्ष जया लुइँटेल, आनिक रानालगायतले द्वन्द्व प्रभावितको पीडा सम्बोधन हुने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए । कार्यक्रममा सशस्त्र द्वन्द्वको हिंसा झल्कने नाटक र चित्रकला प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ८ : २२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको