रवीन्द्र मिश्रसहितलाई छाड्न माग गर्दै ललितपुरमा राप्रपाको रिले अनशन, विक्रम पाण्डे पनि पुगे « Khabarhub

रवीन्द्र मिश्रसहितलाई छाड्न माग गर्दै ललितपुरमा राप्रपाको रिले अनशन, विक्रम पाण्डे पनि पुगे


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ललितपुर – वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका बन्दीहरूको बिनासर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।

रिले अनसनप्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य पाण्डे आइतबार जावलाखेल पुगेका हुन् । रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीको रिहाई र मानवअधिकारको सम्मान हुनुपर्ने बताए ।

रिले अनसन आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकका अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेकाहरू नछुटेसम्म अनसन जारी रहने छ ।

अनसनमा बसेकाले आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गर जस्ता नारा लगाएका छन् ।

यसैगरी अनसनमा गत चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मारिएका सुरेश रजक र सविन महर्जनप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ०१ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको