११ लाख टन रासायनिक मल चाहिन्छ, चार लाख टनमात्र मौज्दात : मन्त्री भन्छन्– प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्छौं « Khabarhub

११ लाख टन रासायनिक मल चाहिन्छ, चार लाख टनमात्र मौज्दात : मन्त्री भन्छन्– प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्छौं


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले रासायनिक मल प्रतिस्थापन गर्ने उद्देश्यअनुसार काम भइरहेको बताएका छन् । मुलुकमा आवश्यक ११ लाख टन रासायनिक मल आवश्यक रहेको तर मौज्दात ४ लाख टनमात्र रहेकाले कृषि मन्त्रालयले यो पटकबाट प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्ने बताए ।

‘हाम्रा लागि ११ लाख टन रायायनिक मल आवश्यक पर्दछ, तर हामीसँग चार लाख टन मात्र छ । अहिले पनि बजारमा रासायनिक मलको अभाव छ,’ प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘कृषि मन्त्रालयले यो पटकबाट प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नैपर्छ भन्ने मनसाय राखेर अगाडि बढेको छ ।’

सरकारले चाँडै राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम लागू गर्ने मन्त्री अधिकारीको भनाइ छ ।
मन्त्री अधिकारीले चालु आर्थिक वर्षका लागि कुल बजेटको तीन प्रतिशतमात्र कृषि तथा पशुपन्छीको क्षेत्रमा विनियोजन भएको बताए । उनले भने, ‘आगामी वर्षका लागि दुई दशमलव छ प्रतिशत मात्रै छ, हामीलाई कम्तीमा पाँच प्रतिशत बजेट चाहिएको छ, १० प्रतिशत पु¥याउन सकेका खण्डमा सिङ्गो नेपाली आत्मनिर्भर हुन्छन् भन्ने हाम्रो आँकलन हो ।’

‘हामी कुखुराको मासु, अण्डा र मकैलागायत कृषिउपज उत्पादनमा आत्मनिर्भर हुँदैछौँ भन्दैगर्दा भारतबाट जस्तो मूल्यमा दाना आयात हुन्छ । दाना बनाउने कच्चा पद्दार्थ लिएर उत्पादन गर्न थालियो भने तयार भएको दाना खरिद गर्नुभन्दा महँगो पर्छ, यो विषयमा अर्थमन्त्रालयसँग गम्भीर रूपमा छलफल गर्नुपर्ने देखिएको छ ।’ मन्त्री अधिकारीले भने ।
देशलाई कृषमार्फत अगाडि बढाउन किसानलाई विद्युतमा सहुलियत दिने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ५१ बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र