फेरि एक्सन फिल्म गर्दै पूजा | Khabarhub Khabarhub

फेरि एक्सन फिल्म गर्दै पूजा


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको असारमा प्रदर्शनमा आएको फिल्म ‘दान्भी’ मा नायिका पूजा शर्मा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । उनले गरेको पहिलो एक्सन फिल्म नै त्यही हो ।

पूजाले उक्त फिल्म प्रचारका बेला यो फिल्मबाट आएको प्रतिक्रियाअनुसार एक्सन फिल्ममा खेल्ने वा नखेल्ने निर्णय लिने बताएकी थिइन् । ‘दान्भी’ व्यापारिकरूपमा असफल भयो । यो फिल्मलाई दर्शकले मन पराएको पाइएन । तर, पूजा फेरि एकपटक एक्सन फिल्ममा देखिने भएकी छन् ।

उनले एक ‘अनटाइटल’ एक्सन फिल्ममा साइन् गरेकी छन् । यो फिल्मको निर्देशक रुपेश तामाङ हुन् । उनैले फिल्म ‘दान्भी’ निर्देशन गरेका थिए । पूजालाई फिल्ममा अनुबन्ध गर्नुको कारणबारे उनी भन्छन्, ‘मेरो कथाले पूजालाई नै खोजेको कारण उहाँलाई साइन गराएका हौं ।’

निर्देशक तामाङले यसअघिको गल्ती यो फिल्ममा नदोहोर्‍याउने बाचासमेत गरेका छन् । पूजा पनि फेरि एकपटक एक्सन भूमिकामा देखिने पक्का भएपछि उत्साहित छिन् ।

व्यापारिक रुपमा फ्लप फिल्म ‘दान्भी’ मा आफ्नो एक्सन दर्शकले मन पराएको दाबी गर्दै भन्छिन्, ‘अघिल्लो एक्सन फिल्म दर्शकले मन पराएकाले मलाई फेरि काम गर्न मन थियो । निर्देशकले राम्रो कथा लिएर आउनुभयो ।’

निर्देशक तामाङका अनुसार यो मल्टिस्टारर फिल्म हो । अहिले कलाकार चयनको काम धमाधम भइरहेको छ ।

चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता भएपछि सार्वजनिक गर्ने तयारीमा उनी छन् । फिल्मको छायाङ्कन भने केही महिनापछि सुरु गर्ने बताइएको छ । सुमन गजमेरले फिल्म लेखिरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ४ : १४ बजे

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,