फेरि एक्सन फिल्म गर्दै पूजा « Khabarhub

फेरि एक्सन फिल्म गर्दै पूजा


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको असारमा प्रदर्शनमा आएको फिल्म ‘दान्भी’ मा नायिका पूजा शर्मा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । उनले गरेको पहिलो एक्सन फिल्म नै त्यही हो ।

पूजाले उक्त फिल्म प्रचारका बेला यो फिल्मबाट आएको प्रतिक्रियाअनुसार एक्सन फिल्ममा खेल्ने वा नखेल्ने निर्णय लिने बताएकी थिइन् । ‘दान्भी’ व्यापारिकरूपमा असफल भयो । यो फिल्मलाई दर्शकले मन पराएको पाइएन । तर, पूजा फेरि एकपटक एक्सन फिल्ममा देखिने भएकी छन् ।

उनले एक ‘अनटाइटल’ एक्सन फिल्ममा साइन् गरेकी छन् । यो फिल्मको निर्देशक रुपेश तामाङ हुन् । उनैले फिल्म ‘दान्भी’ निर्देशन गरेका थिए । पूजालाई फिल्ममा अनुबन्ध गर्नुको कारणबारे उनी भन्छन्, ‘मेरो कथाले पूजालाई नै खोजेको कारण उहाँलाई साइन गराएका हौं ।’

निर्देशक तामाङले यसअघिको गल्ती यो फिल्ममा नदोहोर्‍याउने बाचासमेत गरेका छन् । पूजा पनि फेरि एकपटक एक्सन भूमिकामा देखिने पक्का भएपछि उत्साहित छिन् ।

व्यापारिक रुपमा फ्लप फिल्म ‘दान्भी’ मा आफ्नो एक्सन दर्शकले मन पराएको दाबी गर्दै भन्छिन्, ‘अघिल्लो एक्सन फिल्म दर्शकले मन पराएकाले मलाई फेरि काम गर्न मन थियो । निर्देशकले राम्रो कथा लिएर आउनुभयो ।’

निर्देशक तामाङका अनुसार यो मल्टिस्टारर फिल्म हो । अहिले कलाकार चयनको काम धमाधम भइरहेको छ ।

चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता भएपछि सार्वजनिक गर्ने तयारीमा उनी छन् । फिल्मको छायाङ्कन भने केही महिनापछि सुरु गर्ने बताइएको छ । सुमन गजमेरले फिल्म लेखिरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ४ : १४ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा