राजस्थानविरुद्ध कोलकाता १ रनले विजयी, प्लेअफ सम्भावना जीवितै | Khabarhub Khabarhub

राजस्थानविरुद्ध कोलकाता १ रनले विजयी, प्लेअफ सम्भावना जीवितै


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

कोलकाता- कोलकाता नाइट राइडर्सले आईपीएलको आइतबार भएको ५३औं खेलमा राजस्थान रोयल्सविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको छ । यससँगै उसको प्लेअफको आशा कायमै छ ।

कोलकाताले आफ्नो घरेलु मैदानमा टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाउन सक्यो ।

उता जवाफी ब्याटिङ गरेको पाहुना टोलीलाई अन्तिम बलमा जितका लागि ३ रन चाहिएको थियो, तर शुभम दुबेले २ रन मात्र बनाउन सके। नन-स्ट्राइकमा रहेका जोफ्रा आर्चर रनआउट भए।

राजस्थानतर्फ कप्तान रियान परागले ४५ बलमा ९५ रन बनाए। उनले लगातार ६ बलमा ६ छक्का हाने। उनले मोइन अलीको ओभरमा ५ र वरुण चक्रवर्तीको ओभरमा छैटौं छक्का प्रहार गरे।

उनी आईपीएल इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याटर बने। परागबाहेक, यशस्वी जायसवालले ३४, शिमरोन हेटमायरले २९ र शुभम दुबेले अविजित २५ रन बनाए। मोइन अली, हर्षित राणा र वरुण चक्रवर्तीले २–२ विकेट लिए।

केकेरआरका तर्फबाट आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र ४ चौका हाने।

रिंकू सिंह ६ बलमा १९ रन बनाएर अविजित रहे। यी दुईबाहेक, अंगकृष रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए।

जोफ्रा आर्चर, युद्धवीर सिंह, महीश तीक्षणा र कप्तान रियान परागले एक–एक विकेट लिए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : १२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, जेन-जीको आक्रमणपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल