वर्षाले खजुराका सयौँ घर डुबानमा | Khabarhub Khabarhub

वर्षाले खजुराका सयौँ घर डुबानमा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।

अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

खजुरा गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् । उक्त क्षेत्रका डुबानपीडित स्थानीयवासी सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् ।

आधारभूत विद्यालय सिन्दुरीमा १०० जति र जनसेवा माध्यमिक विद्यालयमा ८/१० विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झबी शर्माले जानकारी दिए।

शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन् । विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो ।

डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वलीले अविरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुबान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबानपीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताए । आजसम्ममा पीडितहरुको यकिन विवरण सङ्कलन हुने उनले जानकारी दिए ।

खजुरा गाउँपालिका वडा नं ३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाइ भएको छ ।

बुधबारको वर्षाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोड, घरबारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्रसमेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : ०५ बजे

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल