मुक्तिनाथलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने « Khabarhub

मुक्तिनाथलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा  विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख  जिल्ला अधिकारी विष्णुप्रसाद  भुसालले जानकारी दिए ।

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवर्द्धन गर्न सकिन्छ भनेर उनीसहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो ।

यहाँका  तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा  करिब चार किलोमिटर दूरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले जानकारी  दिए । उनले भने, ‘स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ ।’

प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो ।

टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ४४ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्