लालवीर चौधरीले मागे- रेशम पक्राउ प्रकरणमा प्रधानमन्त्रीको जवाफ « Khabarhub

लालवीर चौधरीले मागे- रेशम पक्राउ प्रकरणमा प्रधानमन्त्रीको जवाफ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारण माग गरेका छन् ।  

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै चौधरीले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने भन्दै जवाफ नआए आफूहरू सरकार छाड्न बाध्य हुने चेतावनी दिए । 

उनले फर्जी पत्रका आधारमा रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार कारागार पुराइएको उल्लेख गरे । सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको अवस्थामा सरकारले यस विषयमा सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए ।  

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमअघि सर्वोच्चको पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पुराइएको थियो । त्यसको करिब पाँच घण्टापछि सर्वोच्चले उक्त पत्र फर्जी रहेको भनी अर्को पत्र पठाएसँगै चौधरी रिहा भएका थिए  । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ०६ बजे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको