लालवीर चौधरीले मागे- रेशम पक्राउ प्रकरणमा प्रधानमन्त्रीको जवाफ « Khabarhub

लालवीर चौधरीले मागे- रेशम पक्राउ प्रकरणमा प्रधानमन्त्रीको जवाफ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारण माग गरेका छन् ।  

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै चौधरीले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने भन्दै जवाफ नआए आफूहरू सरकार छाड्न बाध्य हुने चेतावनी दिए । 

उनले फर्जी पत्रका आधारमा रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार कारागार पुराइएको उल्लेख गरे । सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको अवस्थामा सरकारले यस विषयमा सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए ।  

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमअघि सर्वोच्चको पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पुराइएको थियो । त्यसको करिब पाँच घण्टापछि सर्वोच्चले उक्त पत्र फर्जी रहेको भनी अर्को पत्र पठाएसँगै चौधरी रिहा भएका थिए  । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ०६ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।