धरानबाट भोजपुर गइरहेको बस दुर्घटना, एकजनाको मृत्यु, १४ यात्रु घाइते « Khabarhub

धरानबाट भोजपुर गइरहेको बस दुर्घटना, एकजनाको मृत्यु, १४ यात्रु घाइते


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

यात्रुले भरिएको बस धनुकटा नगरपालिका-६ गोलाईनजिकै दुर्घटनामा परेको हो । भोजपुरतर्फ गइरहेको यो बस ब्रेक फेल भएर सडकबाट तल झरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १ ख २१७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा धनुकटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको हो । उनका अनुसार भुजेलको बिहान पौने १२ बजे धनुकटा जिल्ला अस्पतालमा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनामा १४ जना घाइते भएको बताए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : १५ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको