२४ घण्टामा ७ वटा देशको यात्रा गरेर ‘विश्व रेकर्ड’ कायम « Khabarhub

२४ घण्टामा ७ वटा देशको यात्रा गरेर ‘विश्व रेकर्ड’ कायम


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिनमा कुनै एक मानिसले कति स्थानको यात्रा गर्न सक्ला ? केही शहर वा सीमा क्षेत्र नजिक छ भने एक देशबाट अर्को देशसम्मको यात्रा ।

हंगेरीका डेभिड कोवारी नामक ब्यक्तिले मात्रा २४ घण्टामा ७ वटा देशको यात्रा गरेर विश्व कीर्तिमान राखेका छन् । त्यो पनि साइकल यात्रामा । डेभिड नाम गरेका एक व्यक्तिले २४ घण्टामा ७ वटा देशको यात्रा पूरा गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

उनले यात्रामा निस्कनु अघि विश्व रेकर्डको बारेमा जानकारी लिए र त्यसलाई तोड्ने लक्ष्यका साथ साइकल लिएर निस्किए । उनले मात्र २४ घण्टामा ७ वटा देशको यात्रा पुरा गरे ।

यस अघि सन् २०१३ मा २४ घण्टामा युरोपका चारवटा देशको यात्रा गरेर ग्लेन बर्मिस्टर नामका व्यक्तिले विश्व रेकर्ड राखेका थिए । त्यसबेला ग्लेनले चेक गणतन्त्र, अस्ट्रिया, स्लोभाकिया र हंगेरीको यात्रा गरी विश्व रेकर्ड राखेका थिए ।

त्यसको केही समयपछि कास्र्टेन कोहलर नामक ब्यक्तिले पाँचवटा देश घुमेर ग्लनेको किर्तिमान तोडेका थिए । कास्र्टेनले बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्स घुमेर विश्व रेकर्ड राखेका थिए ।

कास्र्टेनपछि जर्मनीका माइकल मल नामक ब्यक्तिले सन् २०१६ मा इटाली, स्विजरल्याण्ड, लिचेस्टेन्सटीन, अस्ट्रिया, जर्मनी र फ्रान्स ६ वटा देशको यात्रा २४ घण्टामा पुरा गरी कीर्तिमान राखेका थिए ।

माइकलको किर्तीमान तोड्दै डेभिडले पोल्याण्डबाट यात्रा शुरु गरी चेक गणतन्त्र, स्लोभाकिया, अस्ट्रिया, हंगेरी, स्लोभेनिया र क्रोएसियाको यात्रा मात्र २४ घण्टामा पूरा गरे ।

यस क्रममा डेभिडले ५ सय किलोमिटर हाराहारीमा यात्रा गरेका हुन् । डेभिडको नयाँ किर्तीमानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : ४१ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका