तराई-मधेशका नेतामाथि राज्यले अन्याय गर्‍यो : महन्थ ठाकुर « Khabarhub

तराई-मधेशका नेतामाथि राज्यले अन्याय गर्‍यो : महन्थ ठाकुर


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेशका नेताहरूमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए । उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाउँ नरहेको बताए ।

ठाकुरले आफुहरुमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटना अव सांसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे । 

उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे ।  

ठाकुरले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : १५ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा