राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन « Khabarhub

राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्रीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनालाई लिएर राजावादीमाथि आक्रोश पोखेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले नागरिकका घर तोडफोड गरेर राजतन्त्र नआउने बताएका हुन् ।

‘चैत १५ गते तीनकुनेमा के के गरियो, दुनियाँले देखेका छन् । नागरिकका घरमा तोडफोड, लुटपाट र डकैतीका बलमा कस्ता हर्कत भए । राप्रपाका सांसद, नेता र महामन्त्रीहरू गएर त्यहाँ उत्पात मच्चाउने, राजा चाहिन्छ भन्दै व्यवस्था बदल्न अनेक हर्कत गर्ने । अनि बाहिर आएर पानीमाथिको बन्ने’, उनले भने, ‘व्यवस्था लुटपाट आगजनीबाट बदलिँदैन। वियर चोरेर बदलिँदैन ।’

उनले छिपछिपे सहकारीमा मुछिएकी सांसद गीता बस्नेतलाई सार्वजनिक गर्न पनि राप्रपालाई चुनौती दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ३९ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर