आयआर्जनको अवसरसहित वस्ती विकास गराैँ : उपप्रधानमन्त्री सिंह  | Khabarhub Khabarhub

आयआर्जनको अवसरसहित वस्ती विकास गराैँ : उपप्रधानमन्त्री सिंह 


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब वस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरुका लागि आर्थीक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रुपमा मानिसहरुलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरि अब बस्ती विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने।

 त्यस्तै, उनले वस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोत-सधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए। 

त्यस्तै उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्व दिलाएको पनि बताए। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित वस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । वस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए । 

‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नतर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ५२ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत