सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए विघटन गर्न सुझाव | Khabarhub Khabarhub

सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए विघटन गर्न सुझाव


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारविरुद्ध वक्तव्यबाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा विघटन गर्न सुझाव दिए । तर, अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए । 

उनले अहिले सत्तागठबन्धनको विपत्तीमा कुनै काम नभएको दावी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे । त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सबै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको विषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाए । 

उनले गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरुलाई आग्रह गरे । त्यस्तै उनले सरकार ढल्ने वक्तव्यबाजीहरुले मिडिया रंगिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी रहेपनि त्यस्ता वक्तव्य निरर्थक सावित भएको जिकिर गरे । थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ११ बजे

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।

सहकार्यमार्फत अघि बढ्न संसदमा रहेका दललाई सभामुख घिमिरेको आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको

जेफ बेजोसको विवाहमा विरोध प्रदर्शन

काठमाडौं – विश्वकै धनाढ्य व्यक्तिहरुको सूचीमा पर्ने जेफ बेजोसले अमेरिकी

आणविक बम बनाउने सोच नभएको इरानी दाबी

तेहरान – इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य