सरकारलाई कायर भन्दै रोशनको आक्रोश- नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्र जोगिँदैन « Khabarhub

सरकारलाई कायर भन्दै रोशनको आक्रोश- नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्र जोगिँदैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नीति तथा कार्यक्रममा लेख्दैमा गणतन्त्रको रक्षा नहुने बताएकी छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै कार्कीले नीति तथा कार्यक्रमको पहिलो बुँदामै गणतन्त्रलाई संस्थागत गर्ने कुरा लेखिएकोबारे प्रश्न उठाएकी हुन् ।

‘नीति तथा कार्यक्रममा राजावादीलाई कारबाही गर्ने भनेर लेखिएको छ, किन डराउनुहुन्छ ? हुँदाहुँदा नीति तथा कार्यक्रममा पनि यस्तो लेख्न तपाईंहरूलाई बाध्यता पर्यो, यो तपाईंहरूको कायरपन हो’, उनले भनिन् ।

सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमको ‘क’ नम्बर बुँदमा उक्त कुरा लेखिएपछि राप्रपा आक्रोशित भएको हो ।

कार्कीले नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका बिरुद्धलाई कारवाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेरमात्रै गणतन्त्र नबाँच्ने बताइन्

उनले आफूहरूको आन्दोलनबाट डराएर सरकारले नीति तथा कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गरेकाले यो सरकारको कायरपन भएको तर्क गरिन् ।

कार्कीले आफ्ना मुद्दा अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएकोमा आक्रोश व्यक्त गरिन् । उनले आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानबिन गठन गर्न सरकार तयार नभएको बताइन् ।

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसविरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने,’ नीति तथा कार्यक्रममा लेखिएको छ । यही विषयलाई लिएर राप्रपा सांसद कार्कीले सरकारको आलोचना गरेकी हुन् ।

नीति तथा कार्यक्रम भएको निलो किताबमा लेखेरमात्रै गणतन्त्र नबाँच्ने पनि उनले सरकारलाई चेतावनी दिइन् ।

‘यो गणतन्त्र बचाउन जनताका कुरालाई सम्बोधन गर्नुहोस । जनतालाई सुविधा दिनुहोस’, उनले भनिन्, ‘हत्कडी लगाउनु छ भने गिरिबन्धु टी–स्टेटका भ्रष्टाचारीलाई, ललिता निवासका भ्रष्टाचारीलाई लगाउनुस्, म चूनौति दिन्छु । यी काण्डमा मुछिएकालाई कारबाही गरेर देखाऊ ।’

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : २३ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’