शेखरको स्पष्टीकरण- म अहिलेको सरकार ढाल्ने पक्षमा छैन | Khabarhub Khabarhub

शेखरको स्पष्टीकरण- म अहिलेको सरकार ढाल्ने पक्षमा छैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताए ।

उनले एमाले–कांग्रेसको दुईतिहाइ संख्याले नभई सदनका सबै दलका साथै सरोकारवालाको राय लिएर संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको उनले बताए । कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए ।

उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ४५ बजे

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि

काठमाडौँ – सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

काठमाडौँ – चक्रपथको कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तार भएको सात

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

काठमाडौँ – चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

चितवन– यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोग हुने फूलको

रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना 

काठमाडौं– विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले