ससुराको खेतमा पानी लगाउन आएका भारतीय नागरिकको खोलामा बगेर मृत्यु « Khabarhub

ससुराको खेतमा पानी लगाउन आएका भारतीय नागरिकको खोलामा बगेर मृत्यु


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपालस्थित ससुरालीको खेतमा पानी लगाउन आएका एक भारतीय नागरिकको खोलाले बगाएर ज्यान गएको छ ।

पर्साको कालिमाइ गाउँपालिका–१ मुर्ली बस्ने गंगा साहको खेतमा पानी लगाउन आएका उनका ज्वाइँ भारतीय राज्य बिहारको बेलबनिया घर भएका ३५ वर्षीय पिन्टु कुमार साहको खोलाले बगाएर मृत्यु भएको हो ।

ससुरा गंगाको खेतमा पानी लगाउन सिक्टा खोलामा राखिएको पम्पसेट निकाल्ने क्रममा पिन्टुलाई खोलाले बगाएको थियो ।

पिन्टुलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोखरिया (पर्सा)बाट खटिएको टोलीले उनलाई मृत फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक पिन्टुको शव परीक्षणका लागि नारायणी अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ११ : २४ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको