आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू : शिक्षा मन्त्रालय   | Khabarhub Khabarhub

आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू : शिक्षा मन्त्रालय  


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकका विषयमा चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई आग्रह गरेको छ । 

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकको निर्णय नम्बर १ स्मरण गराएको हो । 

सरकारी स्वास्थ्य सेवाको आठौँ तह सरह (मासिक ४८,७३७ अक्षरेपि अठचालिस हजार सात सय सैँतिस रुपैयाँ) सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन विज्ञप्तिमा भनिएको छ । 

विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने’ भनेर प्रस्ट रूपले उल्लेख गरिएको छ । 

उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौँ तह सरह मासिक निर्वाह भत्ता ४८,७३७ सम्पूर्ण आवासीय चिकित्सकलाई सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ ।

हाल आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कँदा कुनै पनि प्रकारले  हतोत्साहित नगर्न र उनीहरूको शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरूलाई ध्यानाकर्षणसमेत विज्ञप्तिमार्फत गराइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ५ : ३९ बजे

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने