सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति | Khabarhub Khabarhub

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र– ३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।

‘थच्याङ’को शाब्दिक अर्थ सामाजिक बन्धनबाटमुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ ।

मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ । गाउँसमाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल (छो) लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।

समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिए ।

‘हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्याङ गर्न पाइँदैन, थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो’, गीता ताङ्वे गुरुङले भने, ‘गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्तिमुक्त हुन्छ, यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले अवरोध पार्दैन ।’ उनका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ सबैका लागि अनिवार्य हुँदैन ।

यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्ने व्यक्तिलाई थच्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा सङ्गीताले उल्लेख गरे । उनका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो ।

पहिलापहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तरार्द्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको समाजकी सङ्गीताले जानकारी दिए । ‘यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ’, उनले भने ।

यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने प्रचलन छ । थच्याङ दुई दिनसम्म चल्छ । यस अवधिमा हिमालको कुलदेवतादेखि समुन्द्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ । संसारिक दुनियाँको प्राणी जगत्, वनस्पतिलगायत छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो । थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँसमाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आशीर्वाद दिने गरिन्छ ।

त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्ट्रमित्रहरूले खादा लगाइदिएर आशीर्वाद दिने प्रचलन रहेको सङ्गीताले उल्लेख गरे । आशीर्वाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ’, उनले भने ।

थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उनको परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ । घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उनले बताए ।

यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ । समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराइएको हो ।

ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिए । उनका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेषभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन् । नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ८ : १७ बजे

धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शाहवंशीय राजसंस्थालाई ‘मरिसकेको बाघको

कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवादमा मन्त्री खड्काको चासो

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी

ट्रम्पलाई न्यायाधीशको आदेश- अमेरिकामा १२ हजार शरणार्थी स्वीकार्नू

एजेन्सी– सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य

राष्ट्रपति पौडेलले भने- आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन

सरकारको नीति,कार्यक्रम परम्परागत : देवेन्द्र पौडेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा