सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?  | Khabarhub Khabarhub

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ । सोमबार प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : ५२ बजे

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।