बालअधिकार अभियान्ता भुवनलाई वर्ल्ड जुरिस्ट सम्मान पदक « Khabarhub

बालअधिकार अभियान्ता भुवनलाई वर्ल्ड जुरिस्ट सम्मान पदक


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ। ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुन्। 

‘बालविवाह मुक्त विश्व’ बनाउने एउटा वैश्विक अभियानका लागि आफूलाई समर्पित गरेका ऋभूलाई डब्ल्यूजेले आफ्नो भव्य वार्षिक समारोह विश्व कानुन महासभा अर्थात् ‘वर्ल्ड ल कंग्रेस’बीच उक्त पदक प्रदान गरेको हो। उक्त यो कार्यक्रम २०२५ मे ४ देखि ६ सम्म डोमिनिकन गणराज्यमा आयोजना गरिएको थियो, जहाँ ७० भन्दा बढी देशका १५०० भन्दा बढी न्यायिक अभियन्ताहरूसँग ३०० भन्दा धेरै वक्ताहरू उपस्थित थिए।

१९६३ मा स्थापना भएको वर्ल्ड जुरीस्ट एसोसिएसनले यसअघि यस्तै पदकबाट नेल्सन मण्डेला, विन्स्टन चर्चिल, रूथ बेडर जिन्सबर्ग, केरी केनेडी, र रेने कासिन विश्व चर्चित व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ।

भारतलाई कर्मभूमि बनाएर ऋभूले सुरुवात गरेको बालविवाह मुक्त अभियान तीन महादेशका करिब ३९ देशमा चलिरहेको छ। ऋभूले नेपालमा पनि बालअधिकारको क्षेत्रमा थुप्रै अभियानहरू सञ्चालन गरिसकेका छन्। 

पदक ग्रहण गर्दै उक्त सभामा ऋभूले आफ्ना अनुभवहरू साथै बालअधिकारको लडाईंमा आफ्नो अभियानबारे बताएका थिए। त्यस्तै वर्ल्ड जुरीस्ट एसोसिएसनका अध्यक्ष जेभियर क्रेमाडेसले ऋभूको समर्पण र बालअधिकारको क्षेत्रमा उनको लगावलाई प्रशंसा गरेका थिए। 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : १७ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल