नापी कार्यालयका सर्वेक्षक १० हजार घुससहित पक्राउ « Khabarhub

नापी कार्यालयका सर्वेक्षक १० हजार घुससहित पक्राउ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नापी कार्यालय भक्तपुरका नापी सर्वेक्षक सिद्धराज जोशी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्न नापी कार्यालयबाट तोक आदेश भइ फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चवापत भनेर लिएको १० हजार रुपैयाँ घुससहित नापी सर्वेक्षक जोशी पक्राउ परेका हुन् ।

सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले जोशीलाई घुससहित पक्राउ गरेको हो ।

जोशीलाई भक्तपुर नगरपालिका–९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुससहित पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ०८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका