बागमती प्रदेशसभा बैठक बोलाउन सिफारिस | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक बोलाउन सिफारिस


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले बागमतीका पाँच सचिवको पदस्थापना र सरुवा समेत गरेको छ । बैठकले बैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र झलकराम अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यसैगरी, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव बिनु बज्राचार्यलाई हाल सामाजिक विकास मन्त्रालयमा सरुवा र प्रदेशसभामा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

यसैगरी, बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू-उपभोग परिषद् गठन गरी दुई विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । विशेषज्ञमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

सोही बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, प्रदेश उच्च शिक्षा परिषद्को सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयंसेवक समूह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । सोही प्रयोजनका लागि कुल एक करोड बजेट रहेको उक्त कार्यक्रमको कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सरकारको प्रवक्ता लामिछानेले बताए ।

उनका अनुसार बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : ५७ बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको