रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन « Khabarhub

रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेका छन् ।  

चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्दै मिश्र लगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन् । 

उनीहरूले झुटा मुद्दा खारेज गर, राष्ट्रवादीहरूलाई रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रिले अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगायतका नेताहरू सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकाहरूलाई छिटो भन्दा छिटो रिहा गर्नुपर्ने बताए ।

उनले आफूहरूको आन्दोलन नरोकिने भन्दै आफ्ना माग मुद्दा स्थापित भएरै छाड्ने उल्लेख गरे ।  

मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।   

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : १४ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको