धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ | Khabarhub Khabarhub

धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शाहवंशीय राजसंस्थालाई ‘मरिसकेको बाघको सिनो’ को संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले अहिले केही मानिसहरूले त्यही सिनो बोकेर हिँडिरहेको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादीले सिनो बोकेर हिँड्दै गर्दा गणतन्त्र पक्षधरहरूले पनि जिउँदै पो छ कि भनेर त्यसलाई लात्तीले हान्न नहुने नेता गुरुङले बताए ।

उनले राजसंस्थालाई २०६२/०६३ सालको दोस्रो जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै–लखेट्दै लगेर ठूलो भीरबाट खसालिसकेको बताए । राप्रपातिर तर्फलक्षित गर्दै उनले सिनो बोकेर हिँड्नेको काँध पनि गन्हाउने बताए ।

‘मरेको बाघलाई दुईचार जनाले फेरि काँधमा बोकेर यो त जिउँदै छ भनेर आउँदैमा लहलहैमा लागेर यो त साँच्चिकै जिउँदै छ कि भनेर मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हो कि जस्तो मलाई लागेको छ’, उनले भने, ‘मरिसकेको बाघको सिनो बोकेर आउनेको काँघ त गन्हाउँछ नै । तर, हामीले सिनोलाई लात्तले हान्दा हाम्रो खुट्टा पनि त गन्हाउँछ होला नि ।’

उनले यसतर्फ ध्यान दिएर आफ्नै खुट्टालाई दुर्गन्धित बनाउनतिर गणतन्त्रवादी लाग्न नहुने बताए । ‘कर्म, व्यहार, दृष्टिकोण र उद्देश्य र गन्तव्यले यो व्यवस्थालाई सुदृढ गर्दै लाने हो,’ गुरुङले भने ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : ०६ बजे

रविपत्नी निकिताको आरोप- गृहमन्त्रीको निर्देशनमा अदालतको आदेश रोकियो, अन्तर्राष्ट्रिय अदालत जान्छु

काठमाडौं– सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र

संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक

घर डुबान हुँदा वादी समुदायको बिचल्लीमा

लम्की– वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तान भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका

विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७