सरकारका प्रवक्ता भन्छन्- अब कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन | Khabarhub Khabarhub

सरकारका प्रवक्ता भन्छन्- अब कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् ।

‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा सरकारका प्रवक्तासमेत रहेका गुरूङले यस्तो बताएका हुन् ।

उनले विगतमा निरङ्कुशताविरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाउन दिइए पनि लोकतन्त्रमा कर्मचारीका लागि दलैपिच्छेको संगठन बनाउन दिन नहुने बताएका हुन् ।

उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे पनि टिप्पणी गरेका छन् ।

‘अब चाहिँ दलहरूले भन्न सक्नुपर्छ–हिजो अधिकारको आन्दोनलको एउटा चरण थियो, सबै लागेका थियौँ, निरङ्कुशताविरुद्ध । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार कर्मचारीलाई दिनु हुँदैन’, उनले भने, ‘यसले हाम्रो कर्मचारीतन्त्रलाई सुशासन कायम गर्ने कुरामा बाधा गर्‍यो । एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्छु भन्यो भने सक्छ ? सक्दैन । हाम्रो पालामा यति पनि नगरे हाम्रो संगठनको इज्जत जान्छ । हाम्रो डेमोक्रेसीको हुर्मत जान्छ भन्ने कसैले भन्दैन ।’

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ३ : ३८ बजे

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि

काठमाडौँ – सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

काठमाडौँ – चक्रपथको कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर सडकखण्ड विस्तार भएको सात

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

काठमाडौँ – चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

चितवन– यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोग हुने फूलको

रास्वपाको कार्यालयमा शिक्षक महासंघको धर्ना 

काठमाडौं– विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत नेपाल शिक्षक महासंघले