राजावादी आन्दोलनमा ज्यान गुमाएका सविनलाई शहीद घोषणा गर्न सकिँदैन : सञ्चारमन्त्री « Khabarhub

राजावादी आन्दोलनमा ज्यान गुमाएका सविनलाई शहीद घोषणा गर्न सकिँदैन : सञ्चारमन्त्री


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दलैपिच्छेको संगठन बनाउने कुराले सुशासन कायम गर्न बाधा भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार हुन नहुने समेत बताए ।

अहिले कर्मचारी संगठनका कारण एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्ने वातावरण नभएको उनले बताए । मन्त्री गुरुङले कर्मचारीलाई स्थायी सरकार भने पनि जसको नेतृत्वमा सरकार बन्छ, उसै निकट कर्मचारी संगठनको शासन चल्ने गरेको जिकिर गरे ।

त्यस्तै उनले राजावादीको गतिविधि मुलुकको व्यवस्था र संविधान विपरीत भएकाले त्यस घटनामा संलग्न भई ज्यान गुमाएका सविन महर्जनलाई शहीद घोषणा गर्न नसकिने स्पष्ट पारे ।

गणतन्त्र समाप्त पार्न भएको उक्त घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने गणतन्त्रवादीहरूको माग नौटंकी भएको उनले तर्क गरे।  

त्यस्तै मन्त्री गुरुङले सञ्चारमाध्यमलाई बलियो बनाउनेगरि सरकारले आवश्यक कानून ल्याउने स्पष्ट पारे । अहिले मुलुकमा खोज पत्रकारिता निकै कमजोर देखिएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ४० बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार