राजावादी आन्दोलनमा ज्यान गुमाएका सविनलाई शहीद घोषणा गर्न सकिँदैन : सञ्चारमन्त्री | Khabarhub Khabarhub

राजावादी आन्दोलनमा ज्यान गुमाएका सविनलाई शहीद घोषणा गर्न सकिँदैन : सञ्चारमन्त्री


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दलैपिच्छेको संगठन बनाउने कुराले सुशासन कायम गर्न बाधा भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार हुन नहुने समेत बताए ।

अहिले कर्मचारी संगठनका कारण एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्ने वातावरण नभएको उनले बताए । मन्त्री गुरुङले कर्मचारीलाई स्थायी सरकार भने पनि जसको नेतृत्वमा सरकार बन्छ, उसै निकट कर्मचारी संगठनको शासन चल्ने गरेको जिकिर गरे ।

त्यस्तै उनले राजावादीको गतिविधि मुलुकको व्यवस्था र संविधान विपरीत भएकाले त्यस घटनामा संलग्न भई ज्यान गुमाएका सविन महर्जनलाई शहीद घोषणा गर्न नसकिने स्पष्ट पारे ।

गणतन्त्र समाप्त पार्न भएको उक्त घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने गणतन्त्रवादीहरूको माग नौटंकी भएको उनले तर्क गरे।  

त्यस्तै मन्त्री गुरुङले सञ्चारमाध्यमलाई बलियो बनाउनेगरि सरकारले आवश्यक कानून ल्याउने स्पष्ट पारे । अहिले मुलुकमा खोज पत्रकारिता निकै कमजोर देखिएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ५ : ४० बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको