काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन् ।
आज पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न् ।
‘केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धनमा कुनै समस्या क्रियट गर्नुभएको छैन । यहाँ राष्ट्र बैंकको गभर्नरबारे कुरा उठाउनुभयो । त्यसमा उहाँले ल्याउनुभएको समस्या होइन’, उनले भने, ‘त्यहाँ राष्ट्र बैंकभित्रै आन्तरिक समस्या आएर ढिला भएको हो । हामीले भनेको उम्मेदवारलाई गाह्रो भइरहेको छ । तर हामीले त्यो गर्छौँ । उहाँ (केपी ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । यसमा दुई मत छैन । उहाँले त्यसमा सहयोग गर्नुभएको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गभर्नर नियुक्तिमा कांग्रेस–एमालेबीच मतैक्यता नरहेको बताउ । उनले अहिले सत्ता गठबन्धनमा पनि कुनै समस्या नरहेको पनि स्पष्टीकरण दिए ।
नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि गभर्नरविहीन रहेको अवस्थामा देउवाले ओलीको बचाउ गरेका हुन् । गभर्नरलाई लिएर सत्ता गठबन्धन नै तलमाथि पर्ने चर्चाबीच देउवाले ओलीको साथमै रहेको प्रष्ट पारेका हुन् ।
प्रतिक्रिया