उपराष्ट्रपति यादवसँग इजरायलका राजदूतको भेट | Khabarhub Khabarhub

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूतको भेट


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । 

यहाँस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विभिन्न विषयमा महत्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाइएको छ । 

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताए। उनले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएका र केही प्रक्रियामा रहेका जानकारीमा आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। 

उनले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित चार हजार ५०० नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताए।

 उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसको निरन्तरतामा  आफू विश्वस्त रहेको बताए ।

नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदारहरूसँग भएको सम्झौताबमोजिम सुविधा पाए-नपाएकाबारे विभिन्न सङ्घ-संस्थाहरूले अनुगमन गर्ने गरेको बताए।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : २६ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका