सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव « Khabarhub

सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले परम्परा धान्नका लागि मात्रै ल्याइएको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका हुन् । 

यसलाई पास गर्नु र नगर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । अध्यक्ष यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए ।  

उनले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी संसदीय दलको बैठकबाट हुने उल्लेख गरे । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ०५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६