बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८० पैसा र बिक्रीदर १३५ रुपियाँ ४० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ १४ पैसा र बिक्रीदर १८० रुपियाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४० पैसा र बिक्रीदर १६४ रुपियाँ १३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ०५ पैसा र बिक्रीदर ८७ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५८ पैसा र बिक्रीदर ९८ रुपियाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ५६ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९४ पैसा र बिक्रीदर ३६ रुपियाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा तोकेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७० पैसा र बिक्रीदर ३६ रुपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ८५ पैसा र बिक्रीदर ३१ रुपियाँ ९९ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०१ पैसा र बिक्रीदर १४ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपियाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपियाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ १३ पैसा र बिक्रीदर ३५१ रुपियाँ ६९ पैसा रहेको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ५१ बजे

चीन-उत्तर कोरिया सम्बन्धमा नयाँ मोड

एजेन्सी– चीनका राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच