विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोग सकारात्मक « Khabarhub

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोग सकारात्मक


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका हुन् । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको भनाइ छ ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा विभिन्न अध्ययन गरिरहेको जानकारी दिए ।

विदेशमा रहेका नागरिकका लागि लागि अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने उनको भनाइ थियो ।
बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने व्यवस्था विद्यमान कानूनले नदिने भएकाले यसको विकल्पमा सरकारले नयाँ कानून बनाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीको कामलाई तीब्रता दिइएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्वाचनका लागि मतदाता नामावली अध्यवधिक गर्ने कामलाई सुरु गरिएको पनि समितिलाई जानकारी गराए ।

२१ वटा राजनीतिक दलहरुले सो उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली अध्यावधिकको काम एक हप्ता भित्र सकेर मतदाता परिचय पत्र वितरणको कामलाई सुरु गर्ने पनि स्पष्ट पारे ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा अन्तरगत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : १७ बजे

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ