सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्ने १६६ सशस्त्र प्रहरी कारबाहीमा « Khabarhub

सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्ने १६६ सशस्त्र प्रहरी कारबाहीमा


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले करिव २ वर्षको अवधिमा सङ्गठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गर्ने सशस्त्र प्रहरी नायब निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका १६६ जना कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ ।

उनीहरूले व्यक्तिगत प्रोफाइल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्बिर फेसबुक, म्यासेञ्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युव, इमो, बीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायब निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार  १० जना, जवान १२१ र परिचर ३ जना रहेका छन् ।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको जनाइएको छ । त्यसमध्ये ११८ जनालाई नसिहत दिइएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिकाटिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्दै आएको छ ।

सङ्गठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नका लागि प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ११ : ५८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६