कोशी प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गतेदेखि प्रारम्भ हुने « Khabarhub

कोशी प्रदेशसभाको सातौँ अधिवेशन जेठ ४ गतेदेखि प्रारम्भ हुने


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशसभाको सातौँ अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ ।  

बुधबार विराटनगरमा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

यस्तै बैठकले स्थानीय सरकार सेवा गठन तथा सञ्चालन नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ भने कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्वीकृत गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए । 

साथै  वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको उनले बताए ।


 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : १८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा