‘जार’ हेरेपछि मनिषाले निर्देशक फुर्वालाई गरिन् ‘सलुट’ ! | Khabarhub Khabarhub

‘जार’ हेरेपछि मनिषाले निर्देशक फुर्वालाई गरिन् ‘सलुट’ !


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को मंगलबार साँझ ललितपुरस्थित एक हलमा प्रिमियर गरिएकाे छ ।

फुर्वा छिरिङ लामा निर्देशित फिल्ममा नायकद्वय सौगात मल्ल, अनुपविक्रम शाही र नायिका गीताञ्जली थापा शीर्ष भूमिकामा छन् । फिल्म कार्यक्रममा विरलै देखिन अनुहारहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नायिका मनिषा कोइराला देखिए ।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कृतिमा आधारित फिल्म हो । फिल्मले दुई सय वर्षअगाडिको कथा उठान गरेको छ ।

प्रिमियर हेरेपछि उपस्थित व्यक्तिहरूले ‘जार’ राम्रो बनेका प्रतिक्रिया दिएका छन् । फिल्मका शीर्ष कलाकार सौगातले आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए ।

उनले भने, ‘मलाई यस्तो खालको फिल्म गर्न मनपर्छ । एक खालको तिर्खा थियो । मलाई केही सन्तुष्टि पनि मिलेको छ । अहिले चलिरहेको फिल्मभन्दा फरक स्वादको फिल्म बनेको छ ।’

नायिका केकी अधिकारीले राईको कृतिमा आधारित फिल्म साहित्य नजिक रहेको प्रतिक्रिया दिइन् । उनले नायिका गीताञ्जलीको अभिनयको तारिफसमेत गरिन् ।

नायक विपीन कार्कीले इन्द्रबहादुरको कृति पढेका रहेछन् । उनले फिल्मबारे भने, ‘जार मैले पढिसेकेको कथा हो । फिल्म कथा जस्तै बनेको छ । साहित्य जस्तै छ । फिल्म हेर्दा किताब पढिरहेको जस्तो पो लाग्यो ।’

‘जार’लाई उनी हरेक कोणबाट सशक्त फिल्म मान्छन् । नेपाली फिल्मलाई गति दिन यस्ता कन्टेन्टको अवश्यक रहेको उनको बुझाइ छ । उनी थप्छन्, ‘अभिनय र निर्देशनलगायत सबै पक्ष मजबुत छ । यस्तै फिल्म बन्दै गयो भने हामी एउटा गन्तव्यमा पुग्छौं ।’

नायिका मनिषा कोइरालाले ‘यति राम्रो नेपाली फिल्म’ हेर्न पाउँदा गर्व महसुस भएको सुनाइन् । उनको बुझाइमा कुशल निर्देशन र कलाकारको अभिनय क्षमताले ‘जार’ निर्माण भएको छ ।

उनले भनिन्, ‘कति राम्रो फिल्म बनेको छ । मलाई गर्व महसुस भयो ।’ यो प्रतिक्रियापछि निर्देशक फुर्वालाई राम्रो फिल्म बनाएको भन्दै उनले ‘सलुट’ नै गरिन् ।

त्यस्तै, पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले पनि कलाकारको अभिनय र निर्देशक फुर्वाको मिहिनेतका प्रशंसा गरे । नयाँ पुस्तालाई इतिहास बुझ्नका लागि यो फिल्मले सहयोग गर्ने उनको बुझाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : २२ बजे

एकै दिन ६ हजार बढी भक्तजनले गरे पाथीभरा दर्शन

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा

गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

गुल्मी– गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी

पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

सोलुखुम्बु– ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन,