ताप्लेजुङपछि पर्वतमा एमालेनिकट युवा संघका कार्यकर्ताबीच टाउको फोडाफोड « Khabarhub

ताप्लेजुङपछि पर्वतमा एमालेनिकट युवा संघका कार्यकर्ताबीच टाउको फोडाफोड

धनुषामा अधिवेशनस्थलमै भिडेका थिए एमाले कार्यकर्ता


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

पोखरा- सत्तारूढ नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीकै एकछत्र राज छ । एमालेमा अहिले उनीबाहेक अरू कसैको गुट छैन ।

तर, ओलीकै एकछात्र राज हुँदा पनि जिल्ला जिल्लामा एमाले र भ्रातृसंगठनका कार्यकर्ताबीच टाउको फोडाफोड हुन थालेको छ।

मंगलबार मात्रै एमाले धनुषाको अधिवेशनमा रघुवीर महासेठ र उमाशंकर अरगरियाको गुटबीच कुटाकुट भएको थियो । नेतृत्व हत्याउन भएको होडबाजीका क्रममा धनुषाको अधिवेशनस्थलमै दुई पक्ष भिड्दा केही घाइते भएका थिए ।

धनुषा प्रकरण सेलाउन नपाउँदै एमाले पर्वतको पार्टी कार्यालयमै भ्रातृसंगठन युवा सङ्घ नेपालका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

उक्त झडपमा एणमाले गण्डकी प्रदेशका सदस्य अर्जुन पौडेल ‘निर्जन’र युवा संघका नेता ध्रुव श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वतस्थित शान्तिदीप अस्पतालमा उपचार जारी छ ।

पर्वतमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको समूहबीच लामो समयदेखि घमासान चलेको छ ।

तिमल्सिना कुनै पनि हालतमा गिरीलाई माइनस गर्न चाहन्छन् । तर यसअघि भएको एमालेको जिल्ला अधिदेवशनमा गिरी समूहले वर्चस्व बनाएको थियो ।

एमाले जिल्ला कमिटीमा आफ्नो समूह पराजित भए पनि तिमल्सिना अझै पनि पकड बनाउन लागिरहेका छन् । त्यसकै परिणामस्वरुप दुई पक्ष भिडेका हुन् ।

नेताहरूका अनुसार पर्वतमा गिरी पक्षले बुधबारका लागि सघंको जिल्ला अधिवेशन राखेको थियो । तर तिमिल्सिना पक्षले अधिवेशन सार्न माग गरेको थियो ।

गिरी पक्षका युवाहरूले अधिवेशन उद्घाटन गरेपछि तिमिल्सिना पक्षीय युवाहरू विरोधमा उत्रिए । त्यहीक्रममा झडप हुँदा टाउको फोडाफोड भएको छ ।

यसअघि गत वैशाख १९ गते युवासंघ नेपाल ताप्लेजुङ जिल्ला अधिवेशनमा पनि भाँडभैलो भएर दुई समूहबीच कुटाकुट भएको थियो ।

केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको थियो ।

संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद भएर कुटाकुट भएको थियो ।

बन्द सत्रका क्रममा निर्वाचनका कुनै पनि प्रक्रिया पूरा नगरी संघमा लामो समय काम गरेकाहरूलाई निषेध गरेर विधानविपरीत कमिटी चयन गर्दा विवाद सुरू भएको थियो ।

अधिवेशनको प्रमुख अतिथि बनेर थेवे गृहजिल्लामा जाँदासमेत आतंक मच्चाइएको गुनासो ती प्रतिनिधिले गरेका थिए । त्यसपछि थेवेले नयाँ जिल्ला कमिटी टीके प्रथाबाट घोषणा गरेर जिल्ला छाडेका थिए । ताप्लेजुमा संघको नयाँ कमिटीलाई निर्वाचन मण्डलले शपथसमते नखुवाई हिँडेको थियो ।

धनुषामा यसरी भिडेका थिए एमाले कार्यकर्ता

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ०९ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय