‘आखाँ’ की अभिनेतृले साइन गरिन् नयाँ फिल्म | Khabarhub Khabarhub

‘आखाँ’ की अभिनेतृले साइन गरिन् नयाँ फिल्म


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको असोजमा प्रदर्शनमा आएको फिल्म ‘आँखा’ की नायिका स्मिता लामिछानेले नयाँ फिल्म साइन गरेकी छन् । अनिल बूढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’ मा उनी अनुबन्ध भएकी हुन् ।

स्मिताको जन्मदिनको अवसर पारेर फिल्म निर्माण पक्षले बुधबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो । उनी शीर्ष मध्यको एक भूमिकामा अनुबन्ध भएको बताइएको छ ।

यो फिल्ममा यसअघि नै नायक दयाहाङ राई र डान्सर तेरिया मगर अनुबन्ध भइसकेका छन् । ‘मितज्यू’ गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘घर ज्वाइँ’ टिमले निर्माण गर्न लागेको हो ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनमा बन्ने यो फिल्मको लेखक महेश राई हुन् । फिल्मको प्रदर्शन मिति आगामी चैत २७ लाई तोकिएको छ ।

स्मिता लामिछाने निर्मात्रीसमेत हुन् । उनले फिल्म ‘१२ सत्ताई’ बाट डेब्यू गरेकी हुन् । उनी मुख्य भूमिकामा रहने फिल्म ‘म राजेश हमाल’ भने प्रदर्शनमा आएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ३८ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ