प्रधानमन्त्रीले भने- गोलघरको चिसो भुइँमा यातना दिँदा मेरो मिर्गौला फेल भयो | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- गोलघरको चिसो भुइँमा यातना दिँदा मेरो मिर्गौला फेल भयो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको संख्यामा कुष्ठरोगी रहनु सुधारको संकेत भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरू सन्तुुष्ट नहुने बताउए ।

उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहाले नियमित उपचारलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको पनि स्मरण गरेका छन् । उनले त्यहीकारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ पनि कार्यक्रममा वर्णन गरे ।

ओलीले पछिल्लो पटक २०७६ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो उनले पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।

२०६४ मा गरिएको मिर्गौलाले काम गर्न छाडेपछि २०७६ मा फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले प्रधानमन्त्रीको शरीरमा चारवटा मिर्गौला छन् ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

त्यस्तै उनले कुनै पनि रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ४२ बजे

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।

बल्बी खोलाको बाढीले बगाउँदा बालिकाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको

देबार खोलामा बालिकाको शव फेला

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–स्थित देबार खोलामा एक बालिकाको शव

आजका समाचार : प्रचण्ड र जनार्दनबीच टकराव बढ्दै, बेइजिङमा भेट्दै ओली, किम र पुटिन र ट्रम्पको ‘ट्यारिफ’पछि भारतीय उद्योगी नेपालतिर

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले